नदीजन्य पर्दाथ उत्खनन् बन्द

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले नदीजन्य पर्दाथ उत्खनन् बन्द गरेको छ ।

प्रचलित कानुन बमोजिम असार १ गतेखि तीन महिनाका लागि नदीजन्य पर्दाथ उत्खनन् बन्द गरिएको नगरपालिकाले जनाएको छ ।

nisarga

कानुन विपरीत नदीजन्य पर्दाथको उत्खनन्, संकलन एवम् भण्डारण गरे गराएको पाइएको कानुन बमोजिम कारबाही हुने व्यहोरा नगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म (वर्षायाममा) नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा आदि) उत्खनन् गर्न पूर्ण रूपमा बन्देज लगाइएको छ।