
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–१ अत्तरिया स्थित न्यू सृजनशील युवा क्लबको अध्यक्षमा नरबहादुर राई पुनः सर्वसम्मत रूपमा निर्वाचित भएका छन्।
आइतबार सम्पन्न क्लबको चौथो साधारण सभा तथा अधिवेशनबाट राईको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा शर्मानन्द भट्ट, सचिवमा तीर्थराज ओझा, सह-सचिवमा बिना बुढाथोकी र कोषाध्यक्षमा पूर्णमान खत्री चयन भएका छन्।
त्यसैगरी सदस्यहरूमा विक्रम विष्ट, वरुण लामा, अनुप गुरुङ (सुरेन्द्र), विनोद मगर , रजत शाही र अनिश सिंह निर्वाचित भएका छन्।
नवनिर्वाचित कार्यसमितिले अधिवेशनकै दिन सपथ ग्रहणसँगै पदभार समेत ग्रहण गरेको छ।

वि.सं. २०५४ सालमा स्थापना भएको न्यू सृजनशील युवा क्लबले स्थापना कालदेखि नै युवाहरूको नेतृत्व विकास, खेलकुद प्रवर्द्धन तथा विभिन्न सामाजिक सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।













