कैलालीमा ट्रकमाथि निगरानी बढाइयो,भैरवाहबाट आएका ट्रकलाई ५ हजार जरिवाना

Image
maya metro

धनगढी – कैलालीमा मालबाहक सामान ल्याएर विभिन्न ठाउँबाट आउने ट्रकहरुले क्षमताभन्दा बढी सामान ल्याउन थालेपछि निगरानी बढाइएको छ ।

सेती महाकाली ट्रक व्यवसायी संघमा आवद्ध व्यवसायी र ट्राफिक प्रहरीले ओभरलोड बोक्ने ट्रकहरुमाथि निगरानी बढाउँदै कारबाहीको दायरामा ल्याउन थालेका छन् ।

nisarga

व्यवसायीहरुकाअनुसार विगतमा ट्राफिक प्रहरी र ट्रक व्यवसायीका प्रतिनिधि समेतको सहभागितामा ओभरलोड नियन्त्रण गर्न संयुक्त चेकजाँच हुने गरेको थियो तर पछिल्लो समय ट्राफिक प्रहरीले संयुक्त चेकजाँचलाई हटाएको छ । त्यसपछि ओभरलोड बोक्ने क्रम बढेको व्यवसायीहरुको गुनासो छ ।

केही दिनअघि भैरवाहबाट कृषि सामग्री कम्पनी लिमिटेड धनगढीको मल लिएर आएका दुईवटा ट्रकले ओभरलोड बोकेर ल्याएका थिए । ओभरलोड बोकेर ल्याएका ती ट्रकलाई सेती महाकाली ट्रक व्यवसायी संघका पदाधिकारीको सक्रियतामा कृषि सामग्री कम्पनीकै कार्यालयबाट नियन्त्रणमा लिइएको थियो ।

रुटपरमिट र जाँचपास समेत नगरेका ट्रकले भार क्षमताको १०/१० टन बढी सामन लोडल गरेर धनगढी ल्याएको तथ्य खुलेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले यातायात कार्यालयलाई कारबाही सिफारिस गरेको थियो ।

ट्राफिक प्रहरीको सिफारिसअनुसार उनीहरुलाई यातायातले ५/५ हजार जरिवाना तिराइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक रेशमप्रसाद आचार्यले जानकारी दिएका छन् । प्रहरी निरीक्षक आचार्यले अहिले ट्रकहरुमाथि निगरानी बढाइएको बताउदै ओभरलोड बोक्नेहरुलाई कारवाहीको दायरामा ल्याउने काम भइरहेको बताए । मधेश प्रदेश ०३००२ ख ५३७६ र ५३७७ नम्बरको ट्रक जरिवानामा परेका हुन् ।

उनकाअनुसार शनिबार मात्र दाङबाट क्षमताभन्दा बढी सिमेन्ट ल्याएर धनगढी आउने क्रममा एउटा ट्रकले ओभरलोड बोकेको पाइएपछि सामान अनलोड गराएर कारबाही गरिएको छ ।

प्रहरीकाअनुसार दाङबाट सिमेन्ट ल्याएर आएको भे १ ख ४५५० नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर कारवाही गरिएको हो । ओभरलोडकका कारण दुुर्घटनाको जोखिमको अतिरिक्त सडक र पुलको क्षमताले नधान्ने हुँदा थप दुुर्घटना हुने सम्भावना बढि रहन्छ । त्यसकारण पनि ओभरलोड बोक्ने सवारीसाधनमाथि निगरानी बढाउँदै नियन्त्रण गर्नु जरुरी रहेको छ ।