
अत्तरिया – कैलालीको गोदावरी नदीको बाढीमा फसेका एक जनाको उद्धार गरिएको छ ।
गोदावरी नदीमा एक्कासी आएको बाढीमा फसेका बर्दगोरीया गाउँपालिका १ का ३३ वर्षीय अपील मल्लको इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले उद्धार गरेको हो ।

मल्ल घुम्न गएका बेला बाढीमा फसेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।















