
धनगढी – कैलालीका छुट्टाछुट्टै स्थानमा दुई जना मृत अवस्थामा फेला परेका छन्।
कैलारी गाउँपालिका–५ मनिकापुरका ७० वर्षीय सन्त राम चौधरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यस्तै, घोडाघोडी नगरपालिका–१ बेलारका २० वर्षीय सागर शाही सोही स्थानस्थित नालामा मृत अवस्थामा फेला परेका छन्।
दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।













