
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर -४ स्थित हाटखोलीमा डुबेर किशोरको मृत्यु भएको छ ।
पौडी खेल्नेक्रममा डुबेर जोशीपुर गाउँपालिका-२ घरभइ धनगढीमा कोठागरी बस्दै आएका १५ वर्षीय पुष्पराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

शनिबार दिउँसो पौडी खेल्नेक्रममा डुबेका चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको हो ।
(यसअघि फोटो अर्कै पर्न गएकोमा भुलसुधारसहित क्षमायाचना गर्दछौं – सम्पादक)















