
कञ्चनपुर – कञ्चनपुरमा बसेको ठक्करबाट एक जनाको मृत्यु भएको छ।
पुनर्वास नगरपालिका–११ डोकेबजारमा सु.प. प्र ०१००१ख ३५६४६ नम्बरको नगर बसले ठक्कर दिदा बैतडीको मेलौलीका ४० वर्षीय भरतबहादुर चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका चन्दको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।














