
अत्तरिया – छाडा चौपाया व्यवस्थापनको माग गर्दैकैलालीको गोदावरी नगरपालिकाका स्थानीयहरु गोदावरी नगरपालिकाको कार्यालयमा जम्मा भएका छन् ।
तर नगरपालिकामा पुगेका उनिहरुलाई नगर प्रमुख, उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले वेवास्ता गर्दै समय नदिएपछि आक्रोशित भएका छन् ।

जनप्रतिनिधिहरुलाई नभेटेसम्म नफर्किने भन्दै उनीहरु नगरपालिकामै बसिरहेका छन् ।















