पौडी खेल्ने क्रममा डुबेर बालकको मृत्यु

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरस्थित चौधर नदीमा पौडी खेल्ने क्रममा डुबेर १३ वर्षीय बालकको मृत्यु भएको छ।

स्थानीय गोकुल पन्त पौडी खेल्ने क्रममा डुबेर गम्भीर घाइते भएका थिए।

nisarga

उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले शुक्रबार साँझ मृत घोषणा गरेका हुन्।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।