
अत्तरिया – कञ्चनपुरको एक ट्रक राहत सामग्री बाढी प्रभावित क्षेत्र रसुवा पठाइएको छ ।
भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि कृष्णपुरका युवाहरूले खाद्यान्न, कपडासहित एक ट्रक राहत सङ्कलन गरी शनीबार प्रभावित क्षेत्रमा पठाएका हुन ।

जसअन्तर्गत सबैभन्दा धेरै ११.६ टन ९२५ केजीको ६४६ कट्ठा चामल सङ्कलन भएको राहत सङ्कलन समूहका नेतृत्वकर्ता हरेन्द्र बोहराले बताए ।
उनका अनुसार राहत सङ्कलनका क्रममा ६ कट्ठा नुन, चाउचाउ बिस्कुट १७० पेटी, आलु, १४ बोरा, पानी ५१ पेटी, टर्च ५० पिस, चिउरा भुजा २२ कट्ठा, हल्दी, आधा कट्ठा सङ्कलन भएको छ ।
यस्तै गिलास १३ पिस, थाली ४९ पिस, कचौरा, १ पिस, सोयाविन १ कट्ठा, रातो खुर्सानी १ कट्ठा, मिक्स सामान २१ कट्ठा सङ्कलन भएको छ ।
यसै गरी चप्पल, जुत्ता ५ कट्ठा, लत्ता,कपडा ११ कट्ठा, सेनेटरी प्याड, डाइपर १ कट्ठा, तेल ५ बक्स, तेल ५ लिटर सहयोग सङ्कलन भएको बोहराले बताएका छन् । विभिन्न व्यक्ति तथा संघ संस्थाहरुले प्रभावित क्षेत्रका लागि सहयोग गरेका हुन् ।
















