
नेपालबाट केही दिनमा मनसुन बाहिरिने क्रम सुरु हुने पूर्वानुमान छ । नेपाल मौसम विज्ञान विभागका अनुसार अबको एक/दुई दिनबाट नेपालबाट मनसुन बाहिरिने क्रम सुरु हुनेछ ।
मनसुन प्रणाली कमजोर हुँदै गएको विभागले बताएको छ । “अबको एक दुई/दिनबाट नेपालबाट मनसुन बाहिरिन सुरु हुन्छ,” मौसमविद् सञ्जिव अधिकारीले भने, “पश्चिम नेपालबाट केही दिनमा मनसुन बाहिरिन सुरु हुने देखिन्छ ।”

पश्चिमबाट सुरु भएर मनसुन प्रणाली पूर्वबाट पूर्ण रूपमा बाहिरिन्छ ।
नेपाबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । मनसुन नेपाल प्रवेश गर्ने औसत मिति जुन १३ हो ।
तर, मनसुन बाहिरिएपछि वर्षा नहुने भन्ने होइन । मनसुन प्रणालीबाट हुने वर्षा नहुने मात्रै हो ।















