खुटिया नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता

Image
maya metro

अत्तरिया – खुटिया नदीमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन् ।

बिहीबार दिउँसो साढे ४ बजेतिर धनगढी उपमहानगरपालिका—१ बस्ने १७ वर्षीय दोर्ण सुवेदी नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

nisarga

उनी धनगढीबाट अन्य तीन जना साथीसँगै खुटिया नुहाउनका लागि गएका थिए ।

नुहाउने क्रममा डुबेर सुवेदी बेपत्ता भएका हुन् । उनको खोजीकार्य भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।