अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना(भिडियो)

Image
maya metro

अत्तरिया – कैलालीको अत्तरिया बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरिया र इलाका प्रहरी कार्यालय मालाखेतीले दसैँ,तिहार तथा छठ पर्वलाई मध्यनजर गरेर बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको हो ।

यात्रु सहायता कक्षको आज (आइतबार) एक कार्यक्रमकाबिच सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका डिआइजी सानुराम भट्टरार्ईले रिबन काटेर उद्धघाटन गरेका हुन् । यात्रुहरुको गुनासो सम्बोधन तथा सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको डिआइजी भट्टराईले बताएका छन् ।

nisarga

यात्रु र व्यवसायीका समस्याहरुलाई ध्यानमा राखेर सजक भएर काम गर्न उनले प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन्।

उद्धघाटन कार्यक्रममा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्की, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरा सिंह महरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक रेशम प्रसाद आर्चाय, यातायात व्यवसायी लगायतको सहभागीता रहेको थियो । कैलाली जिल्लाभर १० ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिने बताइएको छ ।