कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ कलुवापुरस्थित एक रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा सञ्चालकसहित ५ जना पक्राउ परेका छन् ।

आइतबार दिउँसो इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले स्थानीय भोजबहादुर ऐरले सञ्चालन गरेको रोडसाइड रेष्टुरेन्टबाट उनीहरूलाई पक्राउ गरेको हो ।

nisarga

गोप्य सूचनाका आधारमा रेष्टुरेन्टमा पुगेको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई नगद ३० हजार ४० रुपैयाँ र तीन गड्डी ताससहित पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।