धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

Image
maya metro

धनगढी – धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१९ जे गाउँ बस्ने ४७ वर्षकी लालमोती चौधरीको मृत्यु भएको हो।

nisarga

चौधरीलाई आफ्नै घरको नल्कामा मंगलबार साँझ पानी तान्ने मोटरबाट करेन्ट लागेपछि उपचारको नवजिवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।