
अत्तरिया – नेपाली कांग्रेस (१५ औं नियमित महाधिवेशन पक्षधर) कैलाली क्षेत्र नम्बर–४ का नवनिर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र वितरण गरिएको छ।
प्रतिनिधिहरूलाई महाधिवेशन प्रतिनिधि एवम् गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले प्रमाणपत्र प्रदान गरेका हुन्।

१५ औं नियमित महाधिवेशनमार्फत असोज २८ गते वीर बहादुर चोखालको सभापतित्वमा क्षेत्रीय समिति चयन गरिएको थियो ।
प्रमाणपत्र वितरण कार्यक्रममार्फत नवनिर्वाचित प्रतिनिधिहरूलाई औपचारिक रूपमा सम्मान तथा प्रमाणपत्र हस्तान्तरण गरिएको हो।















