
काठमाडौँ – हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।
यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भाग तथा देशभरका तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
यसैगरी, देशको हिमाली भू-भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।













