कैलाली र कञ्चनपुरमा १९७ सवारी दुर्घटना, आठ जनाको मृत्यु

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लामा असोज महिनामा लागूऔषध तथा अवैध मदिराविरुद्ध प्रहरीले सञ्चालन गरेको अभियानका क्रममा ७५ जना पक्राउ परेका छन्। दुवै जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको मासिक प्रगति विवरणअनुसार उक्त अवधिमा १२६ ग्रामभन्दा बढी खैरो हिरोइनसहित विभिन्न प्रकारका लागूऔषध र ५७५ लिटर अवैध मदिरा बरामद गरिएको छ।

कञ्चनपुरमा लागूऔषध नियन्त्रणतर्फ २१ वटा मुद्दा दर्ता भएका छन्। यस क्रममा ३४ जना पुरुष पक्राउ परेका छन्। प्रहरीले ८६.०७ ग्राम खैरो हिरोइन, १२६ एम्पुल फेनारगन, ४०८ क्याप्सुल स्पास र ८७ ट्याब्लेट ट्रामाडोल बरामद गरेको छ। जिल्लामा उक्त अवधिमा गाँजा र चरेश भने बरामद नभएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

nisarga

त्यस्तै, कैलालीमा लागूऔषधसम्बन्धी २२ वटा मुद्दा दर्ता भएका छन्। प्रहरीले एक महिलासहित ४१ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ४० जना पुरुष रहेका छन्। कैलाली प्रहरीले ४० ग्राम ५९० मिलिग्राम हिरोइन, ६४ ग्राम चरेश र ४ ग्राम १८० मिलिग्राम गाँजासमेत बरामद गरेको जनाएको छ। यसका अतिरिक्त विभिन्न प्रकारका लागूऔषधका ट्याब्लेटसमेत बरामद गरिएको छ।

अवैध मदिरा नियन्त्रण अभियानअन्तर्गत कञ्चनपुरमा ४३० लिटर र कैलालीमा १४५ लिटर गरी कुल ५७५ लिटर अवैध मदिरा बरामद गरिएको छ। कैलालीमा मदिरा उत्पादनमा प्रयोग हुने ७०० लिटर कच्चा पदार्थसमेत नष्ट गरिएको छ।

दुवै जिल्लामा लागूऔषध नियन्त्रणतर्फ कुल ४३ वटा मुद्दा दर्ता भएका छन्। लागूऔषधसम्बन्धी कसुरमा ७५ जना पक्राउ परेका छन्, जसमा एक महिला र ७४ जना पुरुष रहेका छन्।