तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुला रहने

Image
maya metro

बाजुरा – तिहार पर्वको सार्वजनिक बिदाका समयमा पनि बाजुरा जिल्ला अदालत खुला रहने भएको छ।

जिल्ला अदालतले सूचना जारी गर्दै दीपावलीको बिदा अवधिमा पर्ने शनिवारबाहेक अन्य दिन अदालत खुला रहने जनाएको हो।

nisarga

अदालतका अनुसार उक्त अवधिमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदनको सुनुवाइ तथा पक्राउ पुर्जी जारी गर्ने अनुमति प्रदान गर्ने प्रयोजनका लागि अदालत खुला रहनेछ।