धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, पाँच जना घाइते

Image
maya metro

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका-१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् ।

धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको स्कुटर ठोक्किँदा स्कुटरचालक धनगढी उपमहानगरपालिका-५ तारानगरकी ३५ वर्षीया सुशीला बमको मृत्यु भएको हो ।

nisarga

बुधबार साँझ भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी बमको धनगढीस्थित मायामेट्रो अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक धनगढी-१४ का २६ वर्षीय प्रवीण चौधरी, उनकी २२ वर्षीया श्रीमती अञ्जली चौधरी र सात वर्षीया छोरी ममता चौधरी घाइते भएकी छन् ।

स्कुटर सवार धनगढी-५ तारानगरका २४ वर्षीय सरोज मल्ल र २२ वर्षीया बविता मल्ल पनि घाइते भएका छन् ।