समैजी माविमा लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–८ स्थित समैजी माध्यमिक विद्यालयमा लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ।

धर्मेश्वर फाउन्डेसनको अगुवाइमा सशस्त्र प्रहरी बल नेपाल, बडिमालिका जवान तालिम शिक्षालय कैलालीले लागूऔषध नियन्त्रणसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको हो।

nisarga

कार्यक्रममा विद्यार्थीहरूलाई लागूऔषधको दुरुपयोगबाट पर्ने असर, यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक प्रभाव र यसको नियन्त्रणका उपायबारे जानकारी गराइएको थियो।

कार्यक्रममा सहायक प्रहरी निरीक्षक रमेश प्रसाद अवस्थीले प्रशिक्षण दिएका थिए। उनले विद्यार्थीहरूलाई लागूऔषधको जोखिमबारे सचेत गराउँदै यसको दुरुपयोगबाट टाढा रहनुपर्ने बताएका छन् ।