
धनगढी – नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि मतदान शुुरु भएको छ । धनगढीस्थित ऋद्धिसिद्धी पार्टी प्यालेसमा केहीबेर अघि मतदान शुुरु भएको निर्वाचन समितिले जनाएको छ ।
दिउँसो १ बजेसम्म मतदान चल्ने बताइएको छ । एमाले कैलालीको नेतृत्वका लागि निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्द प्यानलसहित चुुनावी मैदानमा छन् ।

यसअघि आइतबार बिहान ८: ३० बजेका लागि तोकिएको मतदान निर्वाचन समितिले प्राविधिक कारणले भन्दै दिउँसोसम्म सारेको थियो । तर साँझसम्म मतदान प्रक्रिया शुुरु हुन सकेको थिएन । मतदानमा ढिलाइ भएको भन्दै प्रतिनिधिहरु आक्रोशित भएपछि महाधिवेशन स्थलमा तनाव सिर्जना भएको थियो । दुुई पक्षबीचको विवादका कारण निर्वाचन समितिले सोमबारसम्मका लागि निर्वाचन प्रक्रिया स्थगीत गरेको थियो ।













