गोदावरी नगरपालिकाका १८ जना कर्मचारीमा कोरोना संक्रमण

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीको नियमित कोरोना परिक्षण गर्ने क्रममा बिहिबार १८ जनामा संक्रमण पुष्टि भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले ७० जना कर्मचारीको एन्टिजेन बिधिबाट कोरोना परिक्षण गर्दा १८ जनामा संक्रमण पुष्टि भएको बताए ।उनले संक्रमित सबै होम आइसोलेसनमा बसेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।

एकैपटक नगरपालिकाका १८ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नगरपालिकाबाट दिइने सेवा समेत प्रभावित भएको छ ।

नगरपालिकाका कृषि र नक्सा पास शाखाका सबै कर्मचारीमा कोरोना देखिएको नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले बताए । उनले कृषि र नक्सा पास शाखाको काम प्रभावित भएपनि अरु शाखामा भने काम संचालनमा रहेको बताए ।