
धनगढी – सुदूरपश्चिममा राष्ट्रिय सभा निर्वाचनको मतदान सुरु भएको छ ।
सुदूरपश्चिममा रिक्त रहेका तीन वटा राष्ट्रियसभा सदस्य चयनका लागि प्रदेशको अस्थायी मुकाम धनगढीस्थित प्रदेशसभा परिसरमा बुधबार (आज) बिहान ९ बजेबाट सुरु भएको हो।मतदान दिउसो ३ बजेसम्म चल्नेछ।

सुदूरपश्चिममा सत्तारूढ गठबन्धन र नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा छ । ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष गरी २२७ जनाले मतदान गर्ने भएका हुन् ।














