
कञ्चनपुर – कञ्चनपुरमा एकजनाले बन्चरो प्रहारगरि बुवाको हत्या गरेका छन् । जिल्लाको लालझाँडी गाउँपालिका – २ कंजका २२ वर्षिय राम विलास रानाले बन्चरो प्रहार गरि आफ्नै बुवाको हत्या गरेका हुन् ।
आफ्नै बुवा ४० वर्षिय ठग्गु रानालाई बञ्चरो प्रहार गरी हत्या गरेको आरोपमा२२ वर्षिय राम विलास रानालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

आईतबार राती करिब १० बजेतिर सुतीरहेको अवस्थामा राम विलासले बुवालाई बन्चरो प्रहार गरेको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।
घरायसी विवादका कारण राम विलासले आफ्नै बुवाको हत्या गरेको अनुसन्धानबाट खुलेको ईलाका प्रहरी कार्यालय बैलौरीका प्रहरी निरीक्षक कमल कुमार खडकाले बताए । हत्याको सूचनापछि तुरुन्तै आरोपित छोरालाई पक्राउ गरिएको उनले बताए ।














