खप्तड बडीमालिका हेलिटुर फागुन १ गतेबाट सञ्चालन हुने : यस्तो छ प्याकेज

Image
maya metro

डोटी – खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर सञ्चालन हुने भएको छ । फागुन १ गतेबाट १० गते सम्म हेलिटुर सञ्चालनमा ल्याइने खप्तड होमस्टेका सञ्चालन दिपक बहादुर खड्काले बताए ।

गत वर्ष माघ १४ गतेबाट फागुन ६ गते सम्म सञ्चालनमा ल्याईएको हेलिटुर यो वर्ष तेस्रो चरणको कोरोना महामारीका कारण फागुनबाट सञ्चालन गरिने जनाइएको छ । सोमबार जारी गरिएको प्रस विज्ञप्तिमा दिपायल देखि खप्तड, बडीमालिका त्यस्तै झिंग्राना देखि खप्तड, बडीमालिका र साँफेबगर देखि खप्तड, बडीमालिका हेलिकोप्टरमा अपडाउन गर्न सकिने उल्लेख छ ।

nisarga

खप्तड होमस्टे झिग्राना र खप्तड एडभेन्चर टुर प्रालि डोटीले माउन्टेन हेलिकोप्टरसँगको सहकार्यमा ‘हेलिटुर प्याकेज’ ल्याएको हो । गत वर्ष एक सय ३५ जनाले हेलिटुर मार्फत खप्तड र बडीमालिकाको भ्रमण गरेका थिए । यो वर्ष १० दिनमा तीन सय ५० जना पर्यटकलाई घुमाउने लक्ष्य राखिएको छ ।

यस्तो छ प्याकेज: