आजदेखि मौसम सुधार हुने सम्भावना

Image
maya metro

काठमाण्डौ – आज (बिहीबार) देखि देशमा मौसम सुधार हुने सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले बिहीबार बिहान दिएको जानकारीअनुसार वर्षा र हिमपात गराउने पश्चिमी न्यून चापीय प्रणाली कमजोर भइसकेको छ। आज राजधानी काठमाडौंसहित देशका धेरैजसो स्थानमा घाम देखिने सम्भावना रहेको उनले बताइन्। ‘आज घाम, बादल, घाम बादल हुने देखिन्छ’, उनले भनिन्। ​

तर केही स्थानमा वर्षा र हिमपातको पनि सम्भावना रहेकाले चिसोबाट जोगिन मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ स् प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षा र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ।

nisarga

महाशाखाका अनुसार नेपालमा देशमा पश्चिमी वायुको सामान्य प्रभाव जारी छ। यतिबेला ९बिहीबार बिहान० सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्यसम्म तथा देशका बाँकी स्थानमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।