
डोटी – डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जोरायल गाउँपालिका–२ छतिवन बुडर बजार नजिकै पानी बोक्ने ट्याक्टर दुर्घटना हुँदा सोही ठाउँका ४२ वर्षीय तारा ऐरको मृत्यु भएको हो ।
बुडरबाट छतिवन जाने क्रममा से १ क २१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ऐरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

सो घटनापछि ट्याक्टर चालक नवीन ऐर भने फरार छन् । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।














