बलात्कारको आरोपमा डोटीका शिक्षक पक्राउ

Image
maya metro

डोटी- बलात्कार गरेको आरोपमा डोटीका एक शिक्षक पक्राउ परेका छन् । बोगटान फुड्सिल गाउँपालिका वडा नं. १ सिमचौर अन्तरगत नमुना आधारभुत विद्यालयका प्रधानाध्यापक शेरबहादुर बिक पक्राउ परेका हुन् ।

बिकले सिमचौरकै एक महिला माथि पुस २० गते बलात्कार गरेको आरोप लागेको छ । जिल्ला सदरमुकामबाट गाउँपालिकाको जीपमा घर फर्किदै गर्दा बाटोबाट आफ्नो बाइकमा चढाएर घर नजिकैको जङ्गलमा जवरजस्ती करणी गरेको भन्दै पीडित महिलाले मुद्दा दर्ता गराएकी छिन् ।

nisarga

बिकलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर रविन्द्र चन्दले जानकारी दिए । म्याद थप गरेर मुद्दा प्रक्रिया अगाडी बढाईएको उनले बताए ।

बलात्कारको घटना पुस २० गतेको भए पनि माघ २७ गते मात्रै पीडितको जाहेरी दर्ता भएको थियो ।