कञ्चनपुरमा जङ्गली हात्ती मृत भेटियो

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्ती मृत भेटीएको छ । जिल्लाको पुनर्वास  नगरपालिकाको वडा नम्बर २ अमरैयामा जङ्गली हात्ती मृत अवस्थामा भेटीएको हो।

शनिबार सो हात्ती बिहान दोदा नदी नजिक खल्लामा गहुँ तथा उखु बाली खाइरहेको अवस्थामा देखिएको थियो। त्यसपछि हात्तीलाइ लालझाडी वन क्षेत्रमा फर्काउन वन कर्मचारी, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीयले उक्त दिनभर प्रयास गरेपनि उखु खेतभित्र पसेको जङ्गली हात्ती बुधबार दिउँसो मृत अवस्थामा फेला परेको बताइएको छ।

nisarga

करिब १० वर्ष उमेरको उक्त जङ्गली हात्ती बिरामी रहेको हुनसक्ने अनुमान गरिएको छ।