
अत्तरिया – कञ्चनपुरबाट अवैध सालको काठ बरामद गरिएको छ । कञ्चनपुर प्रहरी टोलीले आज कृष्णपुर ३ बाट काठ बरामद गरेको हो।
नरेन्द्र बिष्टले चलाएको भे १ प ९१४३ नम्बरको ट्याक्टरमा लुकाएर लैजादै गरेको अवैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सहित चालकलाई पनि नियन्त्रणमा लिईएको र बरामद गरिएको २० क्युफिट सालको काठ भने कारबाहीका लागि जिल्ला वन कार्यालय कञ्चनपुरमा बुझाएको प्रहरीले जनाएको छ ।














