सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत पन्तको निधन

Image
maya metro

धनगढी – सुदूरपश्चिम विश्वविद्यालयका प्रमुख प्रशासकीय अधिकृत गोविन्द बल्लभ पन्तको निधन भएको छ। शनिबार ५३ वर्षीय पन्तको उपचारको क्रममा धनगढीको निसर्ग अस्पतालमा निधन भएको हो।

मस्तिष्क रक्तस्राव भएर दुई महिनादेखि भेन्टिलेटरमा उपचार गराइराखेका पन्तको ५३ वर्षको उमेरमा उपचारको क्रममा धनगढी स्थीत निसर्ग अस्पतालमा निधन भएको हो।

nisarga

सुप विश्वविद्यालयमा भोली शोक विदा

सुदूरपश्चिम विश्वविद्यालयले भोली (आईतबार) एक दिन शोक विदा दिएको छ।

पन्तको निधनले विश्वविद्यालयमा ठुलो क्षति पुगेको समेत विश्वविद्यालयले जनाएको छ।