गुहेश्वरी मा वि का २२ जना असहाय बालबालिकालाई छात्रवृती प्रदान

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ मा रहेको गुहेश्वरी माध्यमिक विद्यालयका २२ जना बालबालिकालाई छात्रवृती प्रदान गरीएको छ । बुधबार एक कार्यक्रमकाबिच विद्यालयमा अध्ययनरत २२ जना असहाय बालबालिकालाई छात्रवृती प्रदान गरीएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविन्द्रनाथ योगीको समुन्वयमा विदेशमा रहेका दुइजना युवाहरुले असी हजार रुपैया सहयोग गरेका थिए ।हाल अष्ट्रेलीया रहेका गोदावरी १ का दिनेश भट्टले पचास हजार र हाल बेलाएत रहेका गोदावरी २ का सुधिर सिजापतीले तिस हजार आर्थीक सहयोग गरेका हुन् ।

nisarga

उत्त रकमबाट विद्यालयले वार्षीक शुल्क काट्दै विधार्थीहरुलाई झोला र ट्रयाक सुट समेत प्रदान गरेको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविन्द्रनाथ योगी सभापती रहेको उत्त कार्यक्रममा गोदावरी नगरपालीका वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्ट प्रमुख अतिथी रहेका थिए भने कार्यक्रममा शिक्षक,विधार्थी तथा अभिभावकको उपस्थीती रहेको थियो । कार्यक्रममा बोल्दै वडा नम्बर १ का अध्यक्ष शर्मानन्द भट्टले सामुदायीक विद्यालयको स्तर उकास्नकालागी आफ्नो प्रयास सँधै रहने बताए । सम्बन्धीत सबैपक्ष जिम्मेवार निजी विद्यालयको भन्दा राम्रो पढाई सामुदायीक विद्यालयमै हुन्छ उनले भने त्यस्कालागी हामी जनप्रतिनीधी पनी खटेका छौँ, आगामी भर्ना अभियानमा समेत सामेल हुन्छौँ ।

उनले सामुदायीक विद्यालयको स्तर वृद्धीकालागी स्थानीय तहसंग अभिभावकलेपनी दवाव तथा सल्लाहसुझाव दिनुपर्ने बताए । अहिले सरकारी सेवामा प्रवेशकालागी सरकारी विद्यालयको पढाईको नै बढी मान्यता हुने भएकाले बोडिगंमा पढेर सरकारीको सर्टिफिकेट माग्न आउनेहरुपनी रहेको बताए । चर्को शुल्क तिरेर निजी विद्यालयमा पढाउनुभन्दा सरकारीमै छोराछोरी पढाएर स्थानीय तहसंग स्तर वृद्धीकालागी निरन्तर दवाव दिन अभिभावकलाई आग्रह गरे ।

उनले आफ्नो वडाका सरकारी विद्यालयमा सक्दो सहयोग गरेको बताँउदै आगामी दिनमा गुहेश्वरी मा वि लाई टिनको छानामुत्त बनाउने पनी प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविन्द्रनाथ योगीले आफ्नो कार्यकालमा गुहेश्वरी मा वि लाई नमुना विद्यालय बनाउन प्रयासरत रहने बताए । उनले विदेशमा बसेर पनी आफ्नो जन्मभुमीप्रति युवाहरुले गरेको प्रशंशा गरे । उनले विद्यालयमा सेवा सुविधा वृद्धीकालागी व्यवस्थापन समिति एक्लैले केहि गर्न नसक्ने बताँउदै सहयोग,सुझाव दिन अभिभावकलाई आग्रह गरे ।कार्यक्रममा कक्षामा प्रथम,द्धितीय र तृतिय हुने विधार्थीहरुलाई धनगढीमा रहेको प्रयास नेपालले उपलब्ध गराएका शैक्षीक सामग्री समेत वितरण गरिएको थियो ।