
अत्तरिया – कैलालीको गोदावरी नगरपालीका वडा नम्बर १ को छैटौँ वडा भेला सम्पन्न भएको छ ।
बुधबार वडा भेला मार्फत आर्थीक वर्ष २०७९÷८० को लागी १ करोड ११ लाख ७७ हजार ८ सय ५३ रुपैँयाको बजेट सार्वजनीक गरको छ । जस्मध्य पुर्वाधार विकासमा ८० लाख बजेट छुट्टयाईएको छ ।

त्यसैगरी सामाजीक विकासकालागी १६ लाख रुपैँयाको बजेट सार्वजनीक गरीएको छ ।
आर्थीक विकासमा ६ लाख २५ हजार रुपैँया छुट्याईएको छ । वातावरण तथा विपद् व्यवस्थापनमा १ लाख र सुशासन तथा सँस्थागत विकासमा ८ लाख ५२ हजार ८५३ रुपैँया छुट्याईएको छ ।














