
अत्तरिया – गोदावरी -१२ ले आगामी आर्थिक वर्ष २०७९/०८० का लागी १ करोड ०२ लाख ७० हजार को बजेट प्रस्तुत गरेको छ ।
नगरपालिकाले पठाएको बजेट सिलिङ अनुसार वडाले शनिबार १ करोड ०२ लाख ७० हजार १२८ रुपैया बराबरको बजेट प्रस्तुत गरेको हो ।

वडा अध्यक्ष भिम बहादुर खड्काले बजेट प्रस्तुत गर्दै भौतिक पुर्वाधार विकासमा ६९ लाख २० हजार १२८ रुपैया विनियोजीत गरिएको बताए ।
यस्तै वडाले सामाजिक विकासतर्फ वडाले २४ लाख रुपैया बजेट विनियोजन गरेको छ । आर्थिक विकासतर्फ २ लाख , वातावरण तथा विपद् व्यवस्थापन तर्फ १ लाख रुपैया र सुशासनतथा संस्थागत विकास तर्फ २ लाख वडाले बजेट विनियोजन गरेको छ ।














