आज गोदावरी नगरपालिकाको आठौँ नगरसभा हुँदै

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको आठौँ नगरसभा आज १० बजेदेखी हुँदै छ । नगरपालीकाले नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७९/८० को बजेट नीति तथा कार्यक्रम ल्याउदै छ ।

नगरपालिकामा २०७९ को स्थानीय तहको निर्वाचन मार्फत आएका जनप्रतिनिधीहरुको यो पहिलो बजेट तथा कार्यक्रम हुने छ । वडाहरुले आ /आफ्नो सिलिङ अनुसारको बजेट भने यसअघि नै सार्वजनिक गरिसकेका छन् ।

nisarga

यस्तै बजेट प्रस्तुत गर्ने दिन आज नगरपालिकाको सेवा प्रवाह बन्द हुने भएको छ । नगरपालिकाले हिजो एक सूचना जारी गर्दै असार १० आगामी आर्थिक वर्ष २०७९।०८० को नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने भएकोले सेवा प्रवाह बन्द गर्ने निणर्य गरेको जनाईसकेको छ ।