
धनगढी – कैलालीको लम्कीचुहा नगरपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो। नगर उपप्रमुख जुना चौधरीले आर्थिक वर्ष ०७९ ८० को बजेट सार्वजनिक गरेकी हुन्।
नगरपालिकाले जम्मा १ अर्ब ३८ करोड ४४ लाख २५ हजारको बजेट ल्याएको उनले बताइन्। ९ औं नगरसभामा प्रस्तुत बजेटको अध्यक्षता नगर प्रमुख सुशिला शाहिले गरेकी थिइन्।

संघीय राजस्व बाडँफाडमा १६ करोड ३१ लाख ७७ हजार, संघीय समानीकरण अनुदान २० करोड ६१ लाख, सघिंय सशर्त अनुदानमा ४९ करोड ४१ लाख,सघिंय विशेष अनुदान २ करोड ५० लाख त्यस्तै सघिंय समपुरक अनुदान १ करोड , प्रदेश राजश्व बाडँफाड १ करोड ३४ लाख ११ हजार, प्रदेश समानीकरण अनुदान १ करोड ५३ लाख ३७ हजार, प्रदेश समपुरक अनुदान ७० लाख,आन्तीक स्रोत ७ करोड,शहरी विकास पुर्वाधार १० करोड, सामाजीक सुरक्षामा २८ करोड बजेट ल्याएको हो।
लम्कीचुहा नगरपालीकाले आर्थिक वर्ष २०७९÷०८० को जम्मा आय तर्फ १ अर्ब ३८ करोड ४४ लाख २५ हजारको बजेट विनियोजन भएको छ।














