डडेल्धुराको अमरगढी नगरपालिकाले ल्यायो ६३ करोड ९१ लाखको बजेट

Image
maya metro

डडेल्धुरा – डडेल्धुरा सदरमुकामको अमरगढी नगरपालिकाले ६३ करोड ९१ लाख ९५ हजारको बजेट ल्याएको छ। नगरपालिकाले शुक्रबार आगामी आर्थिक वर्ष २०७९र८० का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रमममार्फत् सो बजेट पेस गरिएको हो। नगरपालिकाको नीति तथा कार्यक्रम वडा नं १० का अध्यक्ष खेमराज भट्टले प्रस्तुत गरेका हुन्।

अमरगढीले कूल बजेटमध्ये सबैभन्दा बढी पूर्वाधार विकासका क्षेत्रमा छुट्याएको छ। नगरले पूर्वाधार विकासमा २३ करोड १० लाख बजेट विनियोजन गरेको छ। अमरगढीले सामाजिक विकासमा २१ करोड ५० लाख ९६ हजार, संस्थागत सुशासन विकास र प्रशासनिक खर्चमा १५ करोड ४६ लाख, आर्थिक विकासमा २ करोड ६० लाख र वन वातावरण क्षेत्रमा १ करोड २५ लाख विनियोजन गरेको छ।

nisarga

नगरपालिकाले आगामी आर्थिक वर्षमा शसर्त अनुदानबाहेकको बजेटबाट उपभोग तथा चालु प्रकृतिका कार्यक्रमहरूलगायतका खर्च व्यवस्थापनको लागि कूल १३ करोड १ लाख ५० हजार चालुतर्फ, पूँजीवृद्धि तथा विभिन्न विकास निर्माणका लागि कूल १२ करोड ७६ लाख ४६ हजार पुँजीगततर्फ विनियोजन गरिएको छ।