कैलालीमा कुटपिट गरेर कार लुट्ने तीनजना भारतीय नागरिक पक्राउ

padma

धनगढी – कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीनजना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित भित्री सडकमा पर्ने जंगल क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

Shikhar Dental

पक्राउ पर्नेमा भारतको हरियाणा सोनीपथ घर भएका १८ वर्षीय साहिल बादलिसे, २० वर्षीय सन्नी जोट र २१ वर्षीय भगत सिंह रहेका छन् । उनीहरुलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुले भण्डारी सवार प्रदेश–३–०१०२३ च ८७२१ नम्बरको कार पनि नियन्त्रणमा लिएका थिए । उत्त कार गोदावरी नगरपालिका- १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको थियो।

सोमबार बिहान कञ्चनपुरको महेन्द्रनगरबाट भण्डारीसंग लिफ्ट मागेर आएका भारतीय नागरिकले भीमदत्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला नजिकैबाट उनलाई कुटपिट गर्दै लुटेर भागेका थिए ।

Nawadurga
Leave A Reply

Your email address will not be published.