सुदूरपश्चिममा चट्याङ लागेर एकैदिन ४ जनाको मृत्यु

padma

धनगढी – मंगलबार विहान वर्षासहित चट्याङ पर्दा सुदूरपश्चिमका ४ जनाको मृत्यु भएको छ । कञ्चनपुरका ३ र कैलालीका १ जनाको मृत्यु भएको हो।
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ का ४० वर्षीय देवेन्द्र श्रेष्ठको चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेका उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनबस्तीले जनाएको छ। यस्तै पुनर्वासकै एक महिलाले पनि चट्याङका कारण ज्यान गुमाएकी छिन्। पुनर्वास नगरपालिका–८ ‘क’ गाउँकी २५ वर्षीया शारदा थापाको मृत्यु भएको प्रहरीले बताएको छ। खेतमा काम गरिरहेकी उनको बिहान चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यलय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए।

Shikhar Dental

त्यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का ४८ वर्षीय पुनाराम चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका–३ मालाखेती रेडियण्ट ग्याँस कम्पनीको जमिनमा रोपाईँ गर्न आएका उनको चट्याङ लागेर मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यता कैलालीकी एक महिलाको पनि चट्याङ लागेर मृत्यु भएको छ। मंगलबार विहान ८ बजे कैलारी गाउँपालिका–१ रानामुरा गाउँ बस्ने ५६ वर्षीया सुगपंखी देवी चौधरीको ज्यान गएको हो। घर नजिकै खेतमा रोपाईं गर्ने क्रममा चट्याङ लागेर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढी ल्याउने क्रममा बाटोमै मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ।

यसैगरी चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका–९ की ३० वर्षीया बजलिया राना घाइते भएकी छिन्। उनको इसान अस्पताल गुलरियामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.