
बझाङ – बझाङमा ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन्।
जिल्लाको केदारस्यु गाउापालिका स्थित सुर्मा माध्यमिक विद्यालयका शिक्षक रमेश गुर्धामी पक्राउ परेका हुन्।

असार ८ गते राति विवाहको कार्यक्रममा सहभागी भएर सुतिरहेकी बालिकालाई गुर्धामीले बलात्कार गरेको प्रहरीले जनाएको छ।
बालिकाले उक्त कुरा घरमा भनेपछि १० गते प्रहरीमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता जनक ढुंगानाले बताए।
गुर्धामीमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

















