कैलालीमा खोलामा बगेर ११ वर्षीय बालक बेपत्ता

Image
maya metro

धनगढी – कैलालीमा खोलामा बगेर एक बालक बेपत्ता भएका छन् । कैलारी गाउँपालिका–६ धरमपुरमा रहेको गौकन्द्री खोलामा धनगढी उपमहानगरपालिका–१९ जे गाउँका ११ वर्षीय निखिल बिक बेपत्ता भएका हुन्।

मामाघर गएका बेला खोलामा पौडी खेल्ने क्रममा उनी डुबेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बालकको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

nisarga