कैलालीको भजनी र जोशीपुरका बस्ती डुबानमा

padma

धनगढी – कैलालीको भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका गाउँ डुबानमा परेका छन् ।

मङ्गलबार रातिदेखिको वर्षापछि आएको बाढीले गाउँ डुबानमा परेका हुन् ।

काँढा, कान्द्रा, पथरैया नदीको बाढी गाउँ पसेको छ ।

Shikhar Dental

जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जोशीपुर र भजनीमा केही घर डुबानमा परेका छन् । डुबान भएका क्षेत्रमा सुरक्षाकर्मी खटाइएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार घरभित्र पानी पसे पनि खतराको अवस्था छैन ।

तैपनि पूर्वतयारीस्वरूप सम्बन्धित ठाउँमा सुरक्षाकर्मीको टोली पुगिसकेको जनाइएको छ ।

कैलालीमा तल्लो तटीय क्षेत्रमा रहेको यी पालिकामा हरेक वर्ष डुबान हुँदै आएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.