कञ्चनपुरमा खोलामा बगेर बालक बेपत्ता

padma

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारीका १३ वर्षीय रघुवीर जोशी खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् ।

खोलामा नुहाउने क्रममा बालक बुधबार साँझ बेपत्ता भएका हुन् ।

Shikhar Dental

झलारी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार खोलाको किनारामा कपडा र चप्पल फेला परेपनि बालकको अवस्था अहिलेसम्म पत्ता लाग्न नसकेको बताए ।

“खोलाको किनारामा बालकको कपडा र चप्पल फेला परेको छ” उनले भने, “गोताखोर टोलीले बाढी आएको खोलामा खोजतलास गरेपनि अझैसम्म बालकलाई भेटाउन सकेको छैन ।”

खोजी कार्य आज पनि जारी रहेको प्रहरी निरीक्षक सिंहले बताए ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.