धनगढी – धनगढीको एक फार्मेसी शील गरिएको छ।

औषधि व्यवस्था विभाग नेपालगञ्जले धनगढीमा बिना दर्ता सञ्चालनमा रहेको औषधि पसल शील गरेको हो।


विभागले धनगढीमा रहेको शिखर मेडिकल शिलबन्दी गरिएको विभागका फार्मेसी निरिक्षक दिपेन्द्रकुमार साहले जानकारी दिए।
विभागले असार ९ देखि १५ गतेसम्म बर्दिया, कैलाली र कञ्चनपुरमा रहेका ३५ वटा औषधि पसलहरुको अनुमगन गरेको थियो।
