१० बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा ८० बर्षीय वृद्ध पक्राउ

padma

सिन्धुपाल्चोक – १० बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा सुनकोशी गाउँपालिका–७ का ८० बर्षीय दिलबहादुर बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

Shikhar Dental

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरिक्षक मुकेश न्यौपानेले बिहिबार बलात्कार आरोपी बिकलाई राती पक्राउ गरी थप अनुसन्धन शुरु गरिएको जानकारी दिय ।

बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा पीडित बालिकाको मेडिकल परीक्षण गरी परिवारलाई जिम्मा लगाइएको इन्स्पेक्टर न्यौपानेले बताएका छन् ।

आँखामा समस्या देखिएपछि बिकलाई अहिले बाह्रबिसे प्राथमिक स्वास्थ केन्द्रमा उपचार गरिएको पनि प्रहरीले जनाएको छ ।

Nawadurga
Leave A Reply

Your email address will not be published.