अत्तरिया – गोदावरी होटल व्यवसायी संघले आयोजना गरेको ५ दिने उद्घोषण तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिकाको आर्थिक सहयोगमा संघले तालिम सम्पन्न गरेको हो ।

तालिममा होटल व्यवसायी, बिभिन्न संघ सस्थाका प्रतिनिधि, सामुदायीक वनमा आवद्ध महिला, शिक्षक, वडा सदस्य गरी ६१ जना सहभागी भएको गोदावरी होटल व्यवसायी संघकी अध्यक्ष धना चोखालले जानकारी दिएकी छिन ।


उनले नेतृत्व विकास, क्षमता विकास, बोल्ने कलाको शैलिको विकास गर्न तालिमको आयोजना गरिएको बताईन् । ५ दिन सम्म संचालित तालिममा प्रशिक्षण संचारकर्मी गोबिन्द रोस्यारा, बिष्नु अवस्थी र गणेश बहादुर खड्काले गरेका थिए ।
