सुदूरपश्चिममा भारी वर्षा हुने सम्भावना

Image
maya metro

 मनुसनी गतिविधि पश्चिमी क्षेत्रमा थप सक्रिय भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले आज दिएको जानकारीअनुसार अहिले पनि लुम्बनी र कर्णालीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। ‘राति मध्यम वर्षा भएको थियो, अहिले हल्का वर्षा मात्र भइरहेको छ’, उनले भने।

मौसमविद् श्रेष्ठका अनुसार आज सुदूरपश्चिम र गण्डकी प्रदेशमा भारी (५० मिलिमिटरभन्दा माथि) वर्षा हुने सम्भावना छ भने देशका अन्य स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ।

nisarga