बझाङमा प्रमुख जिल्ला अधिकारीलाई सलामीबाट स्वागत

Image
maya metro

बझाङ – जिल्ला प्रहरी कार्यालय बझाङले प्रमुख जिल्ला अधिकारी (सीडीओ) बाबुराम अर्यालको स्वागतमा सलामीबाट सम्मान गरेको छ। जिल्ला प्रहरीले परम्परागत प्रचलनअनुसार सीडीओ अर्याललाई सलामीबाट स्वागत गरेको हो।

२०७८ पौष २१ गते सरुवा भएर बझाङ आएका सीडीओ अर्याल ६ महिनापछि हिजो पहिलो पटक जिल्ला प्रहरी कार्यालय बझाङको निरीक्षणमा गएका थिए। त्यही क्रममा अर्याललाई पिर्कामाथि राखेर सलामी दिइएको थियो। निरीक्षणका क्रममा उनले शान्ति सुरक्षाको अवस्था, विद्यमान समस्या र चुनौतीको बारेमा जानकारी लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

nisarga

प्रहरी कार्यालयका विभिन्न शाखाहरुको समेत निरीक्षण गर्दै उनले मनसुन भित्रिसकेकाले विपद पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको बताइएको छ।