डोटीमा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते

Image
maya metro

डोटी – डोटीमा भालुको आक्रमणबाट एक पुरुष गम्भीर घाइते भएका छन्। जिल्लाको पूर्वीचौकी गाउँपालिका-१ का नरबहादुर खड्का भालुको आक्रमणबाट गम्भीर घाइते भएका हुन्।

उनी आज (मंगलबार) बिहान भालुको आक्रमणमा परी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

nisarga

 घाइते खड्कालाई उपचारका लागि जिल्ला अस्पताल डोटी लगिएको थियो। त्यहाँबाट उनलाई थप उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पताल रेफर गरिएको छ।